रसुवा बाढी अपडेट : रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति

 संवाददाता    २०८२, २४ असार मंगलवार ०८:४३     202 जनाले पढ़िसके



Spread the love

रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको छ ।

चीनमा परेको वर्षाको कारण आएको बाढीले रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको रसुवाका डीएसपी हेम शाहीले बताए ।

गोसाईंकुण्ड गाउँपालिका–२ मा रहेको ईभी गाडीको चार्जिङ स्टेसनमा पनि क्षति पुगेको छ । चार्टिङ स्टेसनमा राखिएका ७–८ वटा गाडीहरू बाढीले बगाएको छ । त्यस्तै भन्सार कार्यालय रसुवाको यार्डमा पनि बाढीले क्षति गरेको प्रहरीले जनाएको छ ।