कानुनी शासनमा कांग्रेस हुँदैमा दोषीले उन्मुक्ति पाउन हुन्न : गगन थापा

 संवाददाता    २०८२, २३ असार सोमबार २१:३३     276 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुनी शासनमा कांग्रेस हुँदैमा दोषीले उन्मुक्ति पाउन नहुने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले कानुनी शासनमा दोषीले उन्मुक्ति पाउन नहुने बताएका हुन् ।

कानुनी शासनमा विश्वास गर्ने हामीहरूले कोही निर्दोष पर्न हुँदैन, दोषी कोही पनि छुट्नुहुँदैन भन्नुपर्‍यो, थापाले भने, दोषी छ भने पनि कांग्रेस भएकै कारणले उसले उन्मुक्ति पाउनु हुँदैन ।

पूर्व उपसभापति गोपालमान श्रेष्ठले एमाले र माओवादीले भ्रष्टाचारका मुद्दामा जोडिएका आफ्ना नेतालाई जोगाएको र कांग्रेसले जोगाउन नसकेको भन्दै गरेको टिप्पणीको जवाफ फर्काउँदै कांग्रेस हुँद कानुनी शासनमा दोषीले उन्मुक्ति पाउन नहुने बताएका हुन् ।

भ्रष्टाचार मुद्दामा धरौटीमा रिहा भएका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले त थापाकै कारण आफूलाई अख्तियारले मुद्दा दायर गरेको आरोप लगाएका थिए ।