चोरी मुद्दाका फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

 संवाददाता    २०८२, २३ असार सोमबार १९:३६     316 जनाले पढ़िसके



Spread the love

गुल्मीमा २९ वर्षदेखि फरार रहेका नकवजनी चोरी मुद्दाका प्रतिवादी फर्स बहादुर कुमाल अन्ततः पक्राउ परेका छन्।

ईश्मा गाउँपालिका–५, गुल्मीका कुमाललाई प्रहरीले असार २१ गते रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डिएसपी ) गंगाबहादुर सारुले बताए ।

 

कुमालविरुद्ध २०५३ साल असार ३ गते गुल्मी जिल्ला अदालतले १ महिना १५ दिन कैद र रु ३,८१७ जरिवानाको फैसला सुनाएको थियो। तर फैसला पछि उनी फरार रहँदै आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेपछि गुल्मी जिल्ला अदालतको २०८२ असार २३ गतेको पत्रअनुसार उनलाई कारागार कार्यालय तम्घास, गुल्मीमा चलान गरिएको छ।

 

प्रहरीका अनुसार लामो समयसम्म फरार रहेका प्रतिवादीलाई निगरानी र सुराकीको आधारमा पक्राउ गरिएको डिएसपी सारुले बताए ।

कानुनबाट भागेकाहरूलाई कुनै न कुनै दिन कानुनी दायरामा ल्याइने सन्देशसहित प्रहरीले यो सफलताका रूपमा लिएको छ।