नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेल्ने निश्चित

 संवाददाता    २०८२, २३ असार सोमबार १३:०५     254 जनाले पढ़िसके



Spread the love

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेल्ने निश्चित भएको जानकारी दिएको हो।

नेपालले आगामी सेप्टेम्बर ६ र ९ अर्थात भदौ २१ र २४ गते दशरथ रंगशालामा २ मैत्रीपूर्ण खेल खेल्ने जानकारी दिएको हो।

एन्फाले यी दुई खेललाई एएफसी एसियन कप छनोटको तयारीका रुपमा लिएको छ। एसियन कप छनोटमा नेपाल मलेसिया, लाओस र भियतनाम रहेको समूह एफ मा छ।

एसियन कप छनोट अन्तर्गत नेपालले अक्टोबर ९ मा भियतनामसँग अवे गेम खेल्दैछ।