बनेपामा पुल भाँचिएपछि नाला हुँदै काठमाडौं आउने सडकखण्ड पूर्णरूपमा अवरुद्ध

 संवाददाता    २०८२, २२ असार आईतवार १५:४४     313 जनाले पढ़िसके



Spread the love

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका ४ र १ को सीमामा रहेको पुल भाँचिएपछि सो सडकमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ । अरनिको राजमार्गको साँगा धुलिखेल सडकको विकल्पको रुपमा रहेको ४५ वर्ष अगाडि निर्माण भएको सो पुल भाँचिएपछि यातायात अवरुद्ध बनेको हो ।

पुल भाँचिएसँगै बनेपा, नाला भएर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधनहरु जाममा परेका छन् ।

त्यसैगरी, स्थानीयहरू पनि सोही पुलको प्रयोग गरी आवतजावत गर्ने हुँदा पुल भाँचिदा जोखिम मोलेर हिँड्नु परेको छ ।