गाजामा युद्ध विरामका लागि कतारमा वार्ता टोली इजरायल पठाउँदै

 संवाददाता    २०८२, २२ असार आईतवार ०७:५८     273 जनाले पढ़िसके



Spread the love

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्ध विरामका लागि प्रस्तावित सम्झौतामाथि छलफल गर्न इजरायलले वार्ता टोली कतार पठाउने घोषणा गरेका छन्।

शनिबार राति जारी गरिएको प्रधानमन्त्री कार्यालयको वक्तव्यमा नेतन्याहुले वार्ताका लागि आएको निमन्त्रणा स्वीकार गर्दै वार्ता टोलीलाई कतार पठाउने निर्देशन दिएकाे अलजजीराले जनाएको हुन्।

यद्यपि इजरायल ले भने हमासले कतारी प्रस्तावमा गर्न खोजेका केही संशोधनहरू “अस्वीकार्य” रहेको जनाएको छ। ती संशोधनहरू के हुन् भन्नेबारे भने विस्तृत जानकारी दिइएको छैन।

शुक्रबार हमासले अमेरिकाको मध्यस्थतामा तयार पारिएको प्रस्तावमा “सकारात्मक प्रतिक्रिया” दिएको जनाउँदै ६० दिनको युद्ध विरामका लागि सहमति जनाउने सङ्केत दिएको थियो।