प्रधानमन्त्रीको सान्टियागो बर्नबाउ भ्रमण नेपाली फुटबलका लागि प्रेरणा हो : एन्फा

 संवाददाता    २०८२, २० असार शुक्रबार १६:०७     207 जनाले पढ़िसके



Spread the love

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको सान्टियागो बर्नबाउ भ्रमण नेपाली फुटबल समुदायका लागि प्रेरणाको स्रोत भएको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार स्पेनी महारथी टोली रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउको भ्रमण गरेका थिए । एन्फाले शुक्रबार सामाजिक सञ्जालमा पोस्ट राख्दै विश्वकै चर्चित फुटबल क्लबमध्ये एक रियल मड्रिडको रंगशाला भ्रमण नेपाली फुटबल समुदायका लागि प्रेरणाको स्रोत भएको जनाएको हो।

 

प्रधानमन्त्री ओलीको खेलप्रतिको रुचि, विशेषगरी फुटबलप्रतिको लगाव, र पूर्वाधार विकासमा उनको दीर्घकालीन प्रतिबद्धता प्रशंसनीय रहेको पनि एन्फाले जनाएको छ।

यस्तो ऐतिहासिक रंगशाला भ्रमण गरेर प्रधानमन्त्रीले खेल क्षेत्रप्रति आफ्नो समर्थन झनै स्पष्ट पारेको एन्फाले बताएको छ।