सुनमा लगाइएको विलासिता कर खारेजीको माग राखेर प्रदर्शन

 संवाददाता    २०८२, २० असार शुक्रबार १३:४८     160 जनाले पढ़िसके



Spread the love

नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेजीको माग राखेर प्रदर्शन गरेको छ । उनीहरुले सटरमा ताला लगाएर सडकमा उत्रिएका हुन् ।

हिरा, जुहारत तथा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, उपभोक्ता कर्मचारी, कालिगड तथा व्यवसायी मैत्री ऐन तुरुन्त जारी गर्नुपर्ने उनीहरूको माग छ। यसअघि विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको समितिले आज माइतीघरबाट बानेश्वरसम्म प्रदर्शन गरेको हो।