आलुको मूल्य बढ्यो, किलोको कति ?

 संवाददाता    २०८२, २० असार शुक्रबार १३:१८     201 जनाले पढ़िसके



Spread the love

बजारमा आलुको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार आलुको मूल्य बढेको देखाएको हो ।

बजारमा रातो, सेतो गरी दुई प्रकारका आलु किन्न पाइन्छ । त्यसमध्ये रातो आलु भारतीय पनि बजारमा आउँछ ।

 

आज कालीमाटी बजारमा रातो आलु प्रतिकिलो थोकमा न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ४६ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै रातो आलु भारतीयको प्रतिकिलो थोक मूल्य न्यूनतम ३९ रुपैयाँदेखि अधिकतम ४० रुपैयाँ कायम छ । आलु रातो मुडेको प्रतिकिलो न्यूनतम ३६ रुपैयाँदेखि अधिकतम ३८ रुपैयाँमा किनबेच भइरहेको छ ।

 

हिजो बिहीबार आलु रातो ४२ देखि ४५, आलु रातो भारतीय ३६ देखि ४० र आलु रातो मुडेको ३६ देखि ३८ रुपैयाँमा कारोबार भएको थियो ।