धरौटीमा रिहापछि दिलभूषणले भने : राज्यमाथि प्रश्न नगर भन्न खोजिएको हो

 संवाददाता    २०८२, २० असार शुक्रबार १२:३२     234 जनाले पढ़िसके



Spread the love

पत्रकार दिलभूषण पाठकले पत्रकारिता जगतलाई तर्साउने नियतले राज्य आफूविरुद्ध लागेको प्रतिक्रिया दिएका छन् ।

बिहीबार जिल्ला अदातल काठमाडौंले उनलाई धरौटीमा रिहा रहेको छ । बिहीबार थुनछुेक बहसका लागि उपस्थित भएका पाठकले भने, ‘दिलभूषण पाठकलाई सांकेतिक रूपमा प्रयोग गरेर तमाम नागरिक समाज, सिंगो पत्रकारिता जगतलाई हामी माथि प्रश्न नगर । राज्यमाथि प्रश्न नगर । तिमीहरूको हैसियत छैन भन्न खोजिएको हो ।’

 

असान्दर्भिक विद्युतीय कारोबार ऐनको आधारमा आफूविरुद्ध राज्य लागेको उनले बताए ।

पाठकले भने, ‘प्रेस काउन्सिलले नियमन, अनुगमन गर्ने प्रशस्त ठाउँ हुँदाहुँदै अथवा हाम्रा आफ्ना आचारसंहित हुँदाहुँदै अथवा समाचारसँग चित्त नबुझे प्रसारणकर्तासँग संवाद गरेर त्रुटि सच्याउने ठाउँ हुँदाहुँदै यो अभियोग लगाउनु भनेको तर्साउने उद्देश्य हो ।’

 

हिल्टन होटलको सन्दर्भमा उठेका विषयलाई सम्बन्धित पक्षले जवाफदेही, पारदर्शी तरिकाले सार्वजनिक गर्दा लोकतन्त्र बलियो हुने आशयले समाचार प्रसारित गरेको पाठकले बताएका छन् ।