नेपाल कालो सूचीबाट नहट्दा नेपाल कामै नगर्ने देश हो भनेर अन्तर्राष्ट्रिय स्तरमा सन्देश गइरहेको सांसद किराँतीको भनाई

 संवाददाता    २०८२, २० असार शुक्रबार १२:०५     177 जनाले पढ़िसके



Spread the love

नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले हवाई सेवा देशको कूटनीति र देशको छवि भएको बताएका छन्।

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफल बोल्दै उनले उड्डयनलाई प्रभावकारी सेवा र विकासको लागि विधेयक धेरै महत्वपूर्ण रहेको बताए। नेपाल कालो सूचीबाट नहट्दा नेपाल कामै नगर्ने देश हो भनेर अन्तर्राष्ट्रिय स्तरमा सन्देश गइरहेको बताए।

‘हवाई सेवा देशको कुटनीति र देशको छवि हो, अब यो प्रभावकारी सेवा र विकासको लागि यो अति नै आवश्यक नै विधेयक हो,’ किराँतीले भने, ‘तर हामीले १२ वर्ष बढी बिताइसक्यौँ, यो विधेयक टुंगिएको छैन। कालो सूचीमा नेपाल परेको छ। यसलाई प्रत्यक्ष प्रभाव पर्नेगरी नेपाल वायुसेवा निगमलाई मात्रै हो। अरुसँग त जहाँज छैन। अरु विदेशी जहाँज त रोकेको पनि छैन। नेपाल ध्वजावाहकलाई मात्रै रोकेको हो। हिमालयनसँग त्यो जहाँज छैन। यति ठूलो यसले क्षति गरिरहेको छ। नेपाल कामै नगर्ने देश हो भनेर अन्तर्राष्ट्रिय सन्देश गइरहेको छ।’

सांसद किराँतीले विधेयकलाई हतार गर्ने नाममा त्रुटीपूर्ण बनउन नहुने बताए।