प्रधानमन्त्री ओली फरर अङ्ग्रेजी बोलिरहेको देखिन्छन् , जसलाई धेरैले प्रशंसा गरेका छन्;

 संवाददाता    २०८२, १९ असार बिहीबार १६:४१     592 जनाले पढ़िसके



Spread the love
प्रधानमन्त्री केपी शर्मा ओलीको अङ्ग्रेजी भाषणको एउटा भिडियो हालसालै स्पेनमा बोलेको भनेर सामाजिक सञ्जालमा भाइरल छ। उक्त भिडियोमा प्रधानमन्त्री ओली फरर अङ्ग्रेजी बोलिरहेको देखिन्छन् , जसलाई धेरैले प्रशंसा गरेका छन्। क्याप्टेन विजय लामा लगायत थुप्रै व्यक्तिहरूले उक्त भिडियो सेयर गर्दै ओलीको अङ्ग्रेजीमा प्रभावशाली प्रस्तुती भएको बताएका छन्।
तर उक्त भिडियो नौ महिना पुरानो भएको र प्लेब्याक स्पिड (playback speed) बढाएर बनाएको पाइएको छ । यस कारणले प्रधानमन्त्री ओलीले वास्तविक रूपमा बोलेकोभन्दा धेरै छरितो र फरर अङ्ग्रेजी बोलेको जस्तो देखिएको हो।