इँटाभट्टामा काम गर्दै ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङ र उनकी श्रीमतीले उनलाई एमबीबीएस तहसम्मको पढाइ खर्च व्यहोर्ने निर्णय गरेका छन्। साथै उनलाई गोमालाई भाटभटेनीस्थित आफ्नै कार्यालयमा बोलाएर अध्यक्ष गुरूङ र श्रीमती सावित्री गुरूङले एकलाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्रसहित सम्मान गरेका थिए ।
गुरूङले गोमालाई अहिले सेन्ट जेभियर्स कलेज माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि आफ्नै खर्चमा गराउने प्रतिवद्धता जनाउँदै गुरुङले त्यसपछि एमबीबीएस तहसम्मको अध्ययनका लागि सहयोग गर्ने बचन दिएका छन् ।