प्रहरीको नाममा डकैती, थप एक जना पक्राउ

 संवाददाता    २०८२, १९ असार बिहीबार १३:३३     298 जनाले पढ़िसके



Spread the love

प्रहरीको नाममा शरीर बन्धक बनाई डकैती गरेको आरोपमा मोरङ प्रहरीले बुधबार थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा-११ बस्ने २५ वर्षीय कुशल पाण्डे रहेका छन् ।

पाण्डेविरुद्ध यसअघि इलाका प्रहरी कार्यालय रानी मोरङबाट मन्जु तामाङको ज्यानमार्ने उद्योग मुद्दामा मुद्दा दर्ता रहेको, तथा अभद्र व्यवहार मुद्दामा समेत संलग्न रहेको अभिलेखबाट देखिएको प्रहरी नायब उपरीक्षक हस्तबहादुर सुनारले जानकारी दिए । पाण्डेलाई लुटेको १ लाख ५० हजार र वारदातमा लगाएको कालो रंगको ट्रयाक र ट्राउजर थानसहित प्रहरीले पक्राउ गरेको नायब उपरीक्षक सुनारको भनाई छ ।