‘मिडनाइट जजमेन्ट’: १८ गते बित्यो आएन संवैधानिक नियुक्ति विरुद्धको फैसला

 संवाददाता    २०८२, १९ असार बिहीबार ०९:०९     110 जनाले पढ़िसके



Spread the love

सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धका १५ थान रिटमाथि बुधबार फैसला सुनाउने मिति तोकेकोमा १८ गते बित्दा पनि फैसला आउन सकेको छैन ।

कानुन व्यवसायी र सञ्चारकर्मीलाई इजलासमा फैसला सुन्न बोलाइएको १ घण्टा ४५ मिनेट बित्दा पनि फैसला नआएको हो ।

प्रधानन्यायाधीशसहित न्यायाधीशहरू संवैधानिक इजलासमा बिहान ११ बजेदेखि नै छलफलमा जुटेकोमा १३ घण्टा बित्दा पनि फैसला नआएको हो ।

फैसला सुनाउन ढिलाइ भएपछि न्यायाधीशहरूबिच रायबाझिएको आशङ्का गरिएको छ ।

२०७७ माघ र २०७८ असार गरी दुई चरणमा गरिएका संवैधानिक नियुक्तिविरुद्ध दायर १५ वटा रिटमाथिको सुनुवाइ गत जेठ १ गते नै सकिएको थियो ।

सुनुवाइ सकिएपछि गत जेठ २८ गते निर्णय सुनाउने मिति तय भएको थियो । त्यसदिन अन्य मुद्दाहरू हेर्न नभ्याइनेमा राखेर न्यायाधीशहरुले छलफलमा जुटेकोमा अन्तिम समयमा निर्णय सुनाउने मिति सारिएको थियो ।