नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य तोलामा १२०० रुपैयाँ वृद्धि भएको हो ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । जबकि मंगलबार १ लाख ९० हजार ५०० रुपैयाँ कायम थियो ।
यसैबिच चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार १५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको हो ।