बनस्थलीस्थि ढ्वाङ खोलामा खसेको एउटा स्कुटर प्रहरीको सहायताले निकालियो

 संवाददाता    २०८२, १८ असार बुधबार ११:४३     285 जनाले पढ़िसके



Spread the love

काठमाडौँको बनस्थलीस्थि ढ्वाङ खोलामा खसेको एउटा स्कुटर प्रहरीले निकालेको छ।

काठमाडौँ महानगरपालिका- १६ बनस्थली ढुङ्गेधारास्थित ओम साइबाबा अस्पताल नजिकबाट ढ्वाङ खोलामा खसेको स्कुटर निकालिएको नेपाल प्रहरीले जनाएको छ।

यही असार ६ गते काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका- ६ को मूलपानी बाबाचोकनजिकैको एक खाडलमा पनि एक बालक डुबेका थिए।

अन्दाजी ५ वर्षिय ती बालकको तत्कालै उद्धार गरिएको थियो। बर्खाकाे बेला सडकमा जथाभावी खाडल बनाउँदा पानी परेकाे बेला राजधानीकै यात्रा पनि जाेखिमपूर्ण बन्न थालेकाे छ।