‘कुलिङ पिरियड’मा भएको चलखेल गम्भीर र अशोभनीय अपराध : योगेश भट्टराई

 संवाददाता    २०८२, १७ असार मंगलवार १६:३३     304 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईले निजामती सेवा विधेयकमा भएको चलखेललाई गम्भीर अपराध भन्दै यसमा संलग्नलाई तत्कालै कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले यस्तो बताएका हुन् । उनले संसदीय समितिले सर्वसम्मत रूपमा पारित गरेको प्रतिवेदनको मुलमर्म विपरितको दफा कसरी समावेश भयो भन्दै उनले प्रश्न समेत गरेका छन् ।

भट्टराईले यो प्रकरणमा अविलम्ब संसदीय छानबिनको माग समेत गरेका छन् । ‘दोषी उपर कडा कारबाही गरिनुपर्दछ । लोकतान्त्रिक प्रणालीमा संसद्को नीतिगत मात्र होइन प्रक्रियागत सर्वोच्चता सर्वस्वीकार्य मान्यता हो’, भट्टराइले भने ।

यस विषयमा सभामुख देवराज घिमिरेले लिएको चासोलाई उनले स्वागत समेत गरेका छन् ।