कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी

 संवाददाता    २०८२, १७ असार मंगलवार १५:०८     201 जनाले पढ़िसके



Spread the love

कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी रहेको छ। सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी कार्यालय सानेपामा दोस्रो दिनको बैठक मंगलबार दिउँसो १ बजेदेखि सुरु भएको हो।

सोमबारको बैठकमा १३ एजेण्डा पेस भएका थिरुए । महामन्त्री गगन थापाले बैठकमा छलफलका लागि १३ एजेण्डा पेस गरेका हुन् ।

पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्र, भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप, क्रियाशील सदस्यताको नविकरणर वितरण, जनसम्पर्क समितिमा दुई किसिमको सदस्यता दिने व्यवस्था गर्नका लागि विधान परिमार्जनको प्रक्रिया सुरु गर्ने विषय, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले स्मारिका प्रकाशन र समसामयिक राजनीति सहितका १३ एजेण्डा पेस गरिएको हो ।

ती एजेण्डामा केन्द्रीत रहेर सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको एक नेताले बताए ।