सरकारी सेवा सुविधा नलिने तयारीमा पूर्व राष्ट्रपति भण्डारी

 संवाददाता    २०८२, १७ असार मंगलवार ०७:३०     223 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपतिको हैसियतमा पाउँदै आएकाे सरकारी सेवा सुविधा अबदेखि नलिने तयारी गरेकी छन् ।

पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा कायमै राखेर पार्टीको राजनीति गर्दा प्रश्न उठ्ने भएपछि साउन महिनाबाट सरकारी सेवा सुविधा नलिन गृह मन्त्रालयलाई पत्र पठाउने तयारी भएको बताइएको छ ।

भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । भण्डारीको सुरक्षामा खटिएका सुरक्षाकर्मी भने हटाउन नमिल्ने स्रोतको भनाइ छ ।