बागमती प्रदेश सभा बैठक सर्‍यो

 संवाददाता    २०८२, १६ असार सोमबार १६:३५     263 जनाले पढ़िसके



Spread the love

बागमती प्रदेश सभाको १ बजेका लागि बोलाइएको बैठक सरेको छ । बागमती प्रदेश सरकारले गत १ गते ल्याएको बजेटमाथि छलफलका गर्न बोलाइएको प्रदेश सभा बैठक आजै ४ बाजे बस्ने गरी सारिएको हो ।

बजेटमाथिको छलफलका लागि आह्वान गरिएको बैठक बस्न सक्ने अवस्था नरहेपछि सरिएको हो ।यसअघि असार १२ गते बिहीबार बिहान ११ बजेका लागि तय गरिएको बैठक पनि दलहरूबिच सहमति जुट्न नसकेपछि स्थगित गरिएको थियो ।

प्रदेश सभाको अर्को बैठक आजै १६ गते दिउँसो १ बजे बस्ने छ । प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) अनुसार माननीय सभामुखले बैठक सारिएको जानकारी दिए ।