करेन्ट लागेर एक जनाको मृत्यु

 संवाददाता    २०८२, १६ असार सोमबार १६:३२     343 जनाले पढ़िसके



Spread the love

अछामको साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोटमा सोमबार एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।

स्थानीय नाथ साउँदका ४१ वर्षीय छोरा बिर बहादुर साउँदको आज बिहान करिब १० बजे भवन निर्माणको क्रममा बिजुलीको तारबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए। तत्कालै उनलाई उपचारको लागि बयलपाटा स्थित न्याय हेल्थ अस्पताल ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी चौखुट्टेबाट प्रहरी नायव निरीक्षक पदमसिंह साउँदको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

अहिले शव न्याय हेल्थ अस्पतालको शव गृहमा राखिएको छ भने पोस्टमार्टमको लागि जिल्ला अस्पताल, मंगलसेन ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।