नेपालभर लोकप्रिय बन्दै गएको Energy Drink सेवनपछि धेरै युवाहरूले गम्भीर शारीरिक असर अनुभव गर्न थालेका छन्। नियमित रूपमा यो ड्रिंक खाँदा मुटुको धड्कन असामान्य रूपमा तेज हुने, टाउको भारी हुने, छाती पोल्ने, पेट गडबड हुने, झमझमाहट हुने र निद्रामा समस्या देखिन थालेको छ।
कतिपयले त एउटा मात्र क्यान पिएपछि २–३ दिनसम्म निद्रै नलाग्ने अनुभव गरेका छन्। लामो समयसम्म सेवन गर्दा दाँतको इनेमल बिग्रनु, मोटोपन बढ्नु र किड्नीमा असर पर्नेसम्मका खतरा देखिएका छन्। Energy को नाममा शरीरलाई नदेखिने तरिकाले थकाउने यो ड्रिंक धेरैका लागि अल्छीपन हटाउने साधन होइन, स्वास्थ्य बिगार्ने बिस्तारै फैलिंदो खतरा बन्न सक्ने देखिन्छ। त्यसैले सचेत बनौं, स्वास्थ्यप्रति लापरवाह नबनौं। यस्ता पेयहरु विभिन्न ब्राण्डमा नेपालमा उत्पादन तथा अन्य देशहरुबाट भित्रिएका छन र रेड बुल,मोन्स्टर इनर्जी, स्टिङ इनर्जी ड्रिंक,Xtreme Energy Drink (एक्स्ट्रीम इनर्जी ड्रिंक) ड्रिंक्स), Reboost Energy Drink (रिबुस्ट इनर्जी ड्रिंक), Hell Energy Drink (हेल इनर्जी ड्रिंक),Arna Energy Drink (अर्ना इनर्जी ड्रिंक),Gorkha Energy (गोर्खा इनर्जी) नाममा विक्री वितरण भइरहेका छन।