विधेयकको अवस्थाबारे सभामुखले समिति सभापतिसँग छलफल गर्ने

 संवाददाता    २०८२, १६ असार सोमबार १२:०१     259 जनाले पढ़िसके



Spread the love

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूसँग छलफल गर्ने भएका छन् । सोमबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शङ्कर हलमा सभापतिहरूसँग छलफल राखिएको सभामुखको सचिवालयले जनाएको छ ।

समितिमा रहेका विधेयकको अवस्थाका बारेमा सभामुखले समिति सभापतिहरूसँग छलफल गर्न लागेको बुझिएको छ ।