न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर हुँदै गयो : प्रमुख सचेतक बर्तौला

 संवाददाता    २०८२, १६ असार सोमबार १०:०९     305 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पछिल्लो समय न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर भएको बताएका छन् । संसदीय सुनुवाइ समितिको बैठकमा सोमवार बोल्दै न्यायालयप्रति आम जनताको भरोसा करिब करिब टुट्न खोजेको स्थिति रहेको बताएका हुन् ।

उनले भने, ‘पछिल्लो चरणमा न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर भएको छ । कमजोर मात्रै होइन, भरोसा करिब करिब टुट्न खोजेको छ । त्यसमा जिम्मेवार कारण धेरै होलान् त्यसमध्ये एउटा न्यायाधीशहरूको भूमिकाहरूप्रति नै गम्भीर प्रश्न छ । उहाँहरूको आचरण, न्याय सम्पादनमा विचलनका कुराहरू, यी विषयहरू छन् । यहाँले भोलि यस प्रकारका टिप्पणीहरू पुनः नआउन् भनेर कसरी अघि बढ्नुहुन्छ । पीडितले न्याय पाउने कुराको सुनिश्चितता कसरी गर्नुहुन्छ ?’

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्तिसिंह थापालाई यसबारे तपाईँका योजना के छन् ? भन्दै प्रश्न गरे । न्यायाधीशहरूको भूमिकाहरूप्रति नै आम नागरिकहरूले प्रश्न उठाउने गरेको उनले बताए ।

प्रमुख सचेतक बर्तौलाले न्यायाधीशहरूले कतिपय विषयमा उपलब्ध तथ्य र प्रमाण भन्दा पनि आफू जोगिनको लागि र भीडबाट जोगिने गरी फैसला गर्ने गरेको बताए ।