इस्तानबुल भ्रमण फलदायी भयो : मन्त्री दाहाल

 संवाददाता    २०८२, १६ असार सोमबार १०:०७     192 जनाले पढ़िसके



Spread the love

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल टर्की भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। टर्कीको इस्तानबुलमा आयोजित ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम २०२५ मा भाग लिन गत बिहीबार उनी त्यस तर्फ गएका थिए ।

मन्त्री दाहालले आफ्नो ईस्तानबुल भ्रमण फलदायी भएको बताए। उक्त समारोहलाई सम्बोधनका क्रममा नेपाल लगायत भूपरिवेष्टित मुलुकहरूको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड दिएको मन्त्री दाहालले बताए।

यस्तै सोही भ्रमणका क्रममा मन्त्री दाहाल तथा त्यहाँका समकक्षीबिच भेटवार्ता भएको थियो । मन्त्री दाहाल र टर्कीका यातायात मन्त्री अब्दुल कदीर उरालोग्लु बिच दुई पक्षीय हितका बारेमा साइड लाइन वार्ता भएको उनको सचिवालयले जानकारी दिएको छ ।