काठमाडौँ जिल्ला अदालतबाट चोरी मुद्दाका थुनुवा हतकडीसहित फरार

 संवाददाता    २०८२, १५ असार आईतवार १६:१८     386 जनाले पढ़िसके



Spread the love

काठमाडौँ जिल्ला अदालतबाट थुनुवा भागेका छन् । मोबाइल चोरीको आरोपमा पक्राउ परेका नीराजनजंग ठकुरी भन्ने दशरथ शाही हतकडी सहित भागेका हुन् ।

प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई अनुसन्धान सकेर बयानको लागि अदालतमा उपस्थित गराएको हो । २१ वर्षीय ठकुरीको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।