जनसङ्ख्याको आधारमा बजेट विनियोजन हुनुपर्छ : सांसद दाहाल

 संवाददाता    २०८२, १५ असार आईतवार १५:४५     135 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय सभामा नेकपा एमाले सांसद तुलसाकुमारी दाहालले जनसङ्ख्याको आधारमा बजेट विनियोजन हुनुपर्ने बताएकी छन् । आइतबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै दाहालले बजेट विनियोजनमा जनसङ्ख्याको असन्तुलनलाई ध्यान दिनुपर्ने बताएकी हुन् ।

उनले कहीँ जनसङ्ख्या पातलो हुने र कतै बढ्ने कुरालाई ध्यान दिएर सोहीअनुसारको बजेट विनियोजन हुनुपर्नेमा त्यसो हुन नसकेको जिकिर गरिन् ।

उनले भनिन्, ‘जनसङ्ख्याको असन्तुलनलाई ध्यान दिनुपर्छ । कहीँ जनसङ्ख्या पातलो हुने र कतै बढ्ने कुरालाई ध्यान दिएर सोहीअनुसारको बजेट विनियोजन भएको छैन । जनसङ्ख्याको आधारमा बजेट विनियोजन भएको छैन । यसै गरी राष्ट्रिय जनसङ्ख्या नीति परिमार्जन गरी ग्रामीण क्षेत्रको आधारभूत विकासको आधारशिला र जनताको आधारभूत आवश्यकता परिपूर्तिको लागि ठोस योजना ल्याउन आवश्यक छ ।’

सांसद दाहालले खानेपानीका मुहानहरूको संरक्षणमा पनि जोड दिनुपर्ने बताइन् ।