प्रभु साहले रोष्ट्रमबाटै च्याते संघीय निजामती सेवा विधेयक

 संवाददाता    २०८२, १५ असार आईतवार १५:३४     253 जनाले पढ़िसके



Spread the love

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा विधेयक संसदको रोष्ट्रमबाटै च्यातेको छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको छलफलका क्रममा साहले निजामती सेवा विधेयक बिभेदकारी रहेको भन्दै रोष्ट्रमबाटै उक्त विधेयक च्यातेका हुन् । उने संघीय निजामती सेवा विधेयक पारित भए देशमा आगो बल्ने चेतावनी दिए ।

गरिबको भविष्यमाथि खेलबाड गर्ने गरी आएको विधेयक स्वीकार्य नहुने भन्दै उनले उक्त विधेयक पारित भए गरिवका लागि कालो दिन हुने धारणा राखे । सरकारी जागिरमा गरिबलाई वञ्चित गर्न खोजेको उनले बताए । संघीय निजामती सेवा विधेयक पारित गर्ने प्रक्रियामा सहभागी नहुने भन्दै साहले सदन बैठक बहिष्कार समेत गरेका छन् ।