रास्वपा र राप्रपालाई सभामुखको आग्रह– संसदीय प्रक्रियामा सहभागी हुनुस्

 संवाददाता    २०८२, १५ असार आईतवार १५:१४     245 जनाले पढ़िसके



Spread the love

सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आग्रह गरेका छन् ।

आइतबार नयाँ वानेश्वरस्थित आफ्नै सभाकक्षमा प्रमुख पाँच राजनतिक दलका प्रमुख सचेतकहरूसँगको छलफलमा सभामुखले यस्तो आग्रह गरेका हुन् ।

सभामुखको सचिवालयका अनुसार सभामुख घिमिरेले सहमति र सहकार्यको माध्यमबाट संसदीय प्रक्रियामा सहभागी हुन रास्वपा र राप्रपालाई आह्वान गरेका हुन् ।

सभामुखले भनेका छन्, ‘महत्त्वपूर्ण विधेयकमा संसदका प्रमुख दलहरू छुट्नु राम्रो भएन ।’

निजामति विधेयक, शिक्षा विधेयक जस्ता संघीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सबै सहभागी हुने वातावरण बनाउन आवश्यक रहेको पनि सभामुख घिमिरेले बताए ।

आइतबार प्रतिनिधि सभाबाट निजामती सेवा विधेयक पास गर्ने कार्यसूची छ ।