‘जहाजैमा’ सौगातको इन्ट्री

 संवाददाता    २०८२, १५ असार आईतवार ११:५३     181 जनाले पढ़िसके



Spread the love

फिल्म ‘जहाजैमा’मा अभिनेता सौगात मल्लको पनि अभिनय रहने भएको छ । निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा अभिनय रहने गरेर मल्ललाई अनुबन्धित गरेको हो ।

फिल्मको कथा अहिलेसम्म अभिनय गरेको फिल्म भन्दा भिन्न भएकोले आफू ‘जहाजैमा’मा जोडिएको अभिनेता मल्लले बताए । उनले फिल्मका लागि आफूले पनि नयाँ अभिनय पस्किने धारणा राखे ।

कृषा चौलागाइको निर्देशन रहने फिल्ममा यसअघि केदार घिमिरे र जापानीज अभिनेत्री रुजेल इचिमिया छानिएका थिए । फिल्ममा पुरुषोत्तम प्रधानको डीओपी रहनेछ ।

फिल्मको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ । यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्ने यो फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ ।