सर्लाहीका सुन चादी पसल अनिश्चित कालका लागि बन्द;

 संवाददाता    २०८२, १५ असार आईतवार ०९:१४     309 जनाले पढ़िसके



Spread the love

भक्ती रिजाल सर्लाही, सर्लाही सुन चादी व्यावसायी महासंघले हिजो बाट सुन चादी पसल बन्द गरेर अनिश्चित कालिन आन्दोलनको घोषणा गरेको छ ।

हिजो बाट अनिश्चितकालका लागी सुनचाँदी ब्यबसाय बन्द गरिएको महासंघले बताएको छ । नेपाल सुन चादी व्यावसायी महासंघ, नेपाल सुनचादी रत्न तथा आभुषण महासंघ तथा नेपाल हस्तकला महासंघले संयुक्त रुपमा बन्दको घोषणा गरेको नेपाल सुनचादी ब्यबसायी महासंघका हरिवन नगर अध्यक्ष निरन्जन कुमार साहले जानकारी दिए ।

२०८२/०८३ को बजेट वक्तव्य मार्फत सरकारले सुनचााँदी, जुहारत तथा हस्तकला ब्यवसायीलाई
मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्ष रुपमा असर पर्नेगरी बिबिध शुल्क र भ्याटको नाममा लगाइएको करले सुनचादी व्यावसायी महासंघ मारम पर्ने गरेको अध्यक्ष शाहको भनाइ छ ।

ब्याबसायीलाइ चर्को मारमा पार्न खोजेको भन्दै ब्यबसायी आन्दोलीत बनेका हुन् ।
यदी यो ब्यवस्था लागु भएको खण्डमा समग्र सुनचााँदी ब्याबसायी, जुहारत तथा हस्तकला ब्यवसायीले आफ्नो ब्यवसाय बन्द गर्नुको बिकल्प नरहेको ब्याबसायी नशिब रसाइलीको भनाइ रहेको छ ।