कैलालीमा माछा मार्ने क्रममा एक युवकको नदीमा डुबेर मृत्यु

 संवाददाता    २०८२, १५ असार आईतवार ०८:३०     222 जनाले पढ़िसके



Spread the love

कैलालीमा माछा मार्ने क्रममा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ। जोशिपुर गाउँपालिका–४ कटुवापुर निवासी १८ वर्षीय सुमित चौधरी माछा मार्ने क्रममा असार १४ गते साँझ ५ बजे पथरैया नदीमा डुबेका थिए।

स्थानीयवासीका अनुसार उनी घर नजिकै रहेको पथरैया नदीमा साथीहरूसँग माछा मार्न गएका थिए। सोही क्रममा अचानक गहिरो पानीमा फसेर डुबेका चौधरीको केही समयपछि उद्धार गरिएको थियो।

उद्धारपछि उनलाई तत्काल उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लैजाने प्रयास गरिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।