पूर्वराजा ज्ञानेन्द्रको ७९ औं जन्मोत्सव हर्षोल्लासका साथ मनाउन आह्वान

 संवाददाता    २०८२, १४ असार शनिबार ११:२६     201 जनाले पढ़िसके



Spread the love

संयुक्त जनआन्दोलन समितिले आगामी असार २३ गते पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औं जन्मोत्सव राष्ट्रव्यापी रूपमा मनाउन आम नागरिकलाई आह्वान गरेको छ।

समितिका संयोजक नवराज सुवेदीले एक अपिल जारी गर्दै जन्मोत्सवको दिन दीप प्रज्वलनलगायतका कार्यक्रम गर्न अनुरोध गरेका छन् । साथै, असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवासमा पूर्वराजासमक्ष शुभकामना तथा अभिवादन चढाउन सकिने कार्यक्रम रहेकोले त्यहाँ पनि सहभागी हुन समितिले आग्रह गरेको छ ।

अपिलमा राजा र जनता मिलेर राष्ट्र जोगाएको इतिहासलाई स्मरण गर्दै जन्मोत्सव मनाउन लागिएको बताइएको छ।