चार घण्टादेखि एकीकृत समाजवादीको बैठक जारी

 संवाददाता    २०८२, १३ असार शुक्रबार १६:४५     225 जनाले पढ़िसके



Spread the love

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक चार घण्टादेखि बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा जारी बैठकमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दाका विषयमा केन्द्रित रहेको बताइएको छ ।

अध्यक्ष नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपिठले काभ्रेमा जग्गा किनबेचका क्रममा हदबन्दी छुट दिने निर्णय गरेको भन्दै जेठ २२ गते मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा नेपालले बुधबार विशेष अदालतमा बयान दिँदै ३५ लाख धरौटी बुझाएका थिए । सोही मुद्दाका कारण नेता नेपालको सांसद पद निलम्बन भइसके पनि दलको नेता र अध्यक्षको जिम्मेवारी कसैलाई दिएका छैनन् ।