सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

 संवाददाता    २०८२, १३ असार शुक्रबार १६:३५     246 जनाले पढ़िसके



Spread the love

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक करिब २ घण्टा ढिलो गरी सुरु भएको हो ।

यसअघि धेरैजसो बालुवाटारमा बस्दै आएको मन्त्रिपरिषद् बैठक शुक्रबार भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको छ ।

प्रधानमन्त्री केपी ओली शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जानुअघि आज बैठक बसेको हो । बैठकले सरकारका नियमित काम कारबाहीबारे निर्णय गर्ने बताइएको छ