४७ ग्राम ब्राउन सुगरसहित दुई जना नियन्त्रणमा

 संवाददाता    २०८२, १३ असार शुक्रबार १६:२५     394 जनाले पढ़िसके



Spread the love

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकै रहेको होटलबाट असार १३ गते सशस्त्र प्रहरीले ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरुमा सिरहा जिल्लाको सिरहा नगरपालिका–८ बस्ने ४० वर्षिय मोहम्मद अख्तर मिया र धनुषा जिल्लाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षिय सामन यादव छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बलको ईन्टेलिजेन्स व्युरोको विशेष सूचनाको आधारमा सोही ठाउँमा रहेको दर्शन नमस्ते ईन होटलबाट किनबेच गर्ने त्यारी गरिरहेको समयमा ब्राउन सुगर र जोख्न प्रयोग हुने एक थान तराजु, ३ थान मोबाईल , २ वटा पासपोर्ट तथा नगद १२ हजार १ सय ७५ सहित नियन्त्रणमा लिएको हो ।

उनीहरुले विगत लामो समयदेखि धनुषाको विभिन्न ठाउँहरुबाट लागूऔषध ल्याई काठमाडौमा बेचविखन गर्दै आएको बताइएको छ ।

नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद ब्राउनसुगरसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।