गायक सज्जनराज वैद्य र अभिनेत्री दिब्या रायमाझी पछिल्लो पुस्ताका फेवरेट कलाकार;

 संवाददाता    २०८२, १३ असार शुक्रबार १५:१६     311 जनाले पढ़िसके



Spread the love

गायक सज्जनराज वैद्य र अभिनेत्री दिब्या रायमाझी पछिल्लो पुस्ताका फेवरेट कलाकार हुन् । आफ्नो गायन शैलीले वैद्यले ‘जेनजी पुस्ता’मा विशिष्ट छवि बनाएका छन् ।

दिब्या अहिलेकी ब्यस्त फिल्म एक्टर हुन् । अमेरिकाबाट आएर नेपालमा करिअर बनाइरहेकी दिब्या एकैसाथ फिल्म, संगीत र विज्ञापनमा सक्रिय छिन् । पछिल्लो पुस्ताका यी दुई ‘हार्टथ्रोव’लाई एउटै भिडियोमा देख्न पाइने भएको छ ।

 

 

सज्जनको नयाँ सांगीतिक प्रोजेक्टमा यी दुईलाई देख्न पाइने भएको हो । उनले आफूसँग दिब्याको एक भिडियो सार्वजनिक गर्दै प्रशंसकलाई यसबारे जानकारी दिएका छन् । भिडियो हेर्दा उनको नयाँ गीतको छायांकन सेटजस्तो देखिन्छ ।

 

यी दुईको सहकार्य हुने खबरले प्रशंसक उत्साहित छन् । सज्जनराजले यसअघि कविता नेपाली, मलिका महतजस्ता फिल्म कलाकारसँग पनि सहकार्य गरिसकेका छन् । यो मेसोमा, दिब्या जोडिएकी हुन् ।

जेहोस्, नयाँ पुस्ताका यी चर्चित कलाकारको सांगीतिक सहकार्यले सज्जनराजको नयाँ गीत प्रतीक्षित बनिरहेको छ ।