हुम्लामा सडक पुगेकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्रीले लेखे– दशकौँ पुरानो सपना पुरा हुँदैछ

 संवाददाता    २०८२, १३ असार शुक्रबार १२:४२     248 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय राजमार्गसँग जोडिन बाँकी रहेको एकमात्र जिल्ला हुम्लामा सडक पुगेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले खुसी व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत हुम्लामा सडक पुर्‍याउने दशकौँ पुरानो सपना पुरा हुन लागेकोमा खुसी व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले हुम्लामा सडक पुगेपछि हिल्सा नाकाबाट नेपाल चीनसँग जोडिने उल्लेख गरेका छन् । हुम्लाको खार्पुनाथमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त पुल प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने तयारी भए पनि मौसमका कारण केही पछि सरेको छ ।

हुम्ला सडक सञ्जालसँग जोडिएको अवसरमा प्रधानमन्त्रीले लेखेका छन्, ‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमिकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । हुम्लामा सडक सञ्जाल पुर्‍याउने हाम्रो दशकौँ पुरानो सपना पुरा हुँदै छ । यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ ।’