बागमती, विष्णुमती र धोबी खोलामा पानीको सतह बढ्दो, सतर्कता अपनाउन अनुरोध

 संवाददाता    २०८२, १३ असार शुक्रबार ०९:२१     217 जनाले पढ़िसके



Spread the love

काठमाडौँ जिल्लास्थित बागमती, विष्णुमती र धोबी खोलामा पानीको सतह लगातार बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले बिहीबार राति ११ः५५ बजेको विवरणअनुसार नदीहरूमा पानीकाे सतह सतर्कता तह आसपास पुगेको बताउँदै सतर्क रहन आग्रह गरेकाे हाे ।

राति एक सूचना जारी गर्दै विभागले नदीमा पानीको तह बढ्दो क्रममा रहेकाले नदी किनार आसपास बसोबास गर्ने तथा विष्णुमती नदी छेउ यात्रा गर्दा सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।