लमजुङको खुदी बजारमा भारी वर्षा, खोलामा बहाव बढ्न सक्ने महाशाखाको चेतावनी

 संवाददाता    २०८२, १३ असार शुक्रबार ०९:१६     261 जनाले पढ़िसके



Spread the love

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार राति ११ः२० बजेसम्म लमजुङ जिल्लाको खुदी बजार र वरपरको क्षेत्रमा एक घण्टाको अवधिमा मध्यमदेखि भारी वर्षा भएको छ।

वर्षाका कारण साना खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क रहन विभागले अनुरोध गरेको छ।

बाढीको सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन र जोखिमयुक्त स्थानमा नजान विभागले सबैलाई आग्रह गरेको छ। यस्तै महाशाखाले काठमाडाैँ उपत्यका आसपासमा भएको वर्षाको कारण बागमती, विष्णुमती र धोबी खोलामा पानीको सतह बढ्दो, सतर्कता अपनाउन अनुरोध गरेको छ ।