निलम्बित मेयर थापाको मुद्दा हेर्दाहेर्दैमा

 संवाददाता    २०८२, १२ असार बिहीबार १६:२९     202 जनाले पढ़िसके



Spread the love

बागमती नगरपालिकाका निलम्बित मेयर भरतबहादुर थापाविरुद्धको भ्रष्टाचार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । २०८० चैत २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ५ करोड ३३ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा पछिल्लो पटक जेठ १९ गते साक्षी बुझ्ने आदेश भएकोमा बिहीबारदेखि नियमित सुनुवाइ सुरु भएको हो । तर आज सुनुवाइ नसकिएपछि मुद्दा शुक्रबार सुनुवाइ हुनेगरी हेर्दाहेर्दैमा राखिएको हो । निलम्बित मेयर थापाविरुद्ध विशेष अदालतमा ३ थान भ्रष्टाचार मुद्दा दायर भएका छन् ।

जसमध्ये ताल नै नभएको ठाउँमा माछापोखरी निर्माणका लागि सङ्घ र प्रदेश सरकारसँग अनुदान मागी ५६ करोड ७१ लाख भ्रष्टाचार गरेको अभियोगको मुद्दामा गत असार ५ गते विशेषले ३ लाख धरौटीमा छाड्ने आदेश गरेको थियो ।