बालिकालाई सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ

 संवाददाता    २०८२, १२ असार बिहीबार १६:२७     226 जनाले पढ़िसके



Spread the love

बागलुङको बुर्तिवाङ स्थित खोला किनारमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गत साेमबार ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बडिगाड गाउँपालिका वडा नम्बर ८ घर भएका ३० वर्षीय यम प्रसाद श्रेष्ठ, २५ वर्षीय गुण बहादुर श्रीस र ३५ वर्षका झमु श्रीस रहेका छन् ।

गत जेठ २८ मा साँझको समयमा आफन्तको घरबाट फर्किँदै गरेकी १४ वर्षीया बालिकालाई उनीहरुले सामूहिक बलात्कार गरेको बागलुङका प्रहरी उपरीक्षक(एसपी) तिलक भारतीले बताए ।

पक्राउ परेका उनीहरूलाई बागलुङ अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी भारतीले बताए ।