दुई घण्टाका लागि नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

 संवाददाता    २०८२, १२ असार बिहीबार १२:२३     280 जनाले पढ़िसके



Spread the love

नारायणगढ-मुग्लिन सडकखण्ड दुई घण्टाका लागि बन्द भएको छ।

बिहीबार बिहान ११ बजेदेखि बन्द भएको सडक दिउँसो १ बजेपछि मात्रै खुल्ने डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ।

डिभिजन कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार चितवनकाे इच्छा कामना गाउँपालिका-६ तुइँन खोला भन्ने ठाउँमा सडकमाथि अड्किएको ठूलो ढुंगा झार्नको लागि सवारी आवागमन बन्द गरिएको हो।

हेटौँडाबाट लामो एक्स्काभेटर ल्याएर भिरमा अड्केकाे ढुंगा झार्न लागिएको उनले बताए।

तुइँन खोलामा बेलाबेलामा पहिरो गएर सडक अवरुद्ध हुँदै आएको छ। पहिरोको जोखिममा रहेका ठूला ढुंगा हटाउनका लागि सडक बन्द गरिएको आचार्यले बताए।