ललितपुरको गाइफर्ममा १८ वर्षीया युवती मृत फेला

 संवाददाता    २०८२, १२ असार बिहीबार ११:२७     240 जनाले पढ़िसके



Spread the love

ललितपुरको गोदावरी नगरपालिका–९ स्थित छम्पीमा सञ्चालित गाइफर्मममा एक जना युवती मृत भेटिएकी छन् ।

मकवानपुरगढी गाउँपालिका–१ घर भएकी १८ वर्षीया सुशिला बम्जन बिहीबार बिहान झुन्डिएको अवस्थामा भेटिएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए । उनी आफ्ना श्रीमान् २० वर्षीय पाल्साङ बम्जनसँग ११ दिनअघिदेखि गाइफर्ममा काम गर्न थालेकी थिइन् ।

गाइफर्म बलराम रोका मगरले सञ्चालन गरेका हुन् । मृतक र पाल्साङले चार महिनाअघि विवाह गरेको परिवारका सदस्यहरूले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको एसएसपी अधिकारीले जानकारी दिए ।