अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक जोन र्याटक्लिफले इरानको आणविक कार्यक्रम भर्खरैको अमेरिकी हवाई आक्रमणबाट गम्भीर रूपमा क्षतिग्रस्त भएको दाबी गरेका छन्।
उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत लेखेका छन्, ‘हामीसँग नयाँ र विश्वसनीय सूचनाको आधारमा पुष्टि भएको छ कि इरानका केही प्रमुख आणविक केन्द्रहरू नष्ट भएका छन्।’
उनका अनुसार ती केन्द्रहरू फेरि निर्माण गर्न बर्सौँ लाग्न सक्छ।
यस विषयमा प्रतिक्रिया दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो सम्मेलनमा इरानको आणविक कार्यक्रम “पूर्ण रूपमा समाप्त” भएको दोहोर्याएका थिए।
यसअघि व्हाइट हाउसबाट केही गोप्य दस्ताबेज लिक भएपछि एक रिपोर्टमा भने इरानको मुख्य आणविक संरचना पूर्ण रूपमा नष्ट नभएको र केही महिनाभित्र पुनः निर्माण गर्न सकिने समाचारहरू आएका थिए । बीबीसी