५० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ५२ वर्षीय पुरुष पक्राउ

 संवाददाता    २०८२, ११ असार बुधबार १४:२६     721 जनाले पढ़िसके



Spread the love

५० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका-८ सान्ताङ बस्ने खड्ग बहादुर राई रहेको प्रहरीले जनाएको छ ।

खड्ग बहादुरले ती महिलालाई जबरजस्ती कारणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।