सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

 संवाददाता    २०८२, ११ असार बुधबार १२:०५     219 जनाले पढ़िसके



Spread the love

नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि उक्त सुन मंगलबार तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस आधारमा अघिल्लो दिनको तुलनामा बुधवार छापावाल सुन तोलामा १ हजार ५०० रुपैयाँ घटेको हो ।

यस्तै चाँदी तोलामा २ हजार १४० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलामा १ हजार २६० रुपैयाँ कायम भएको थियो । यस आधारमा बुधवार चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको महासंघले जनाएको छ ।