रौतहटमा फरार १३ प्रतिवादी पक्राउ

 संवाददाता    २०८२, ११ असार बुधबार ११:५८     194 जनाले पढ़िसके



Spread the love

रौतहटमा एकै दिनमा १३ प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकै दिनमा १३ जना फरार प्रतिवादी लाई पक्राउ गरेको हो।

अदालतबाट दण्ड जरिवाना तोकिएर लामो समयदेखि लुकिछिपी बसेका १३ जना प्रतिवादीलाई मंगलबार जिल्लाका बिभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीले जानकारी दिए ।

पक्राउ पर्नेमा जालसाजी मुद्दाका अभियुक्त बिनाकुमारी, मनिषकुमार साह, सनीकुमार साह, प्रीतिकुमारी साह, चोरी मुद्दाका सरुप महतो, अखिलेश यादव र मुरतुजा अन्सारी रहेका छन्।

त्यसैगरी पक्राउ पर्नेमा ठगी मुद्दाका रामशंकर साह, लागुऔषध मुद्दाका लखेन्द्र ठाकुर, बैकिङ कसुरमा अभिमन्यु कुमार उपाध्याय, सवारी अंगभंगका रोहित साह कलवार, सवारी ज्यानका मनोज राम र कुटपिट मुद्दाका लालबाबु साह रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।

पक्राउ परेका सबैजना प्रतिवादीलाई कैद तथा जरिवाना असुलको लागि मंगलवार जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।