राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रचण्ड र लेखक

 संवाददाता    २०८२, ११ असार बुधबार ११:४३     282 जनाले पढ़िसके



Spread the love

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको आज बस्ने बैठकमा सहभागी हुने भएका छन् ।

प्रचण्डको सचिवालयले उनी समितिको बैठकमा जाने जनाएको छ । आज बस्ने समिति बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा गृहमन्त्री रमेश लेखक समेत सहभागी हुनेछन् ।